Aamsanchar

नेपाली सेनाद्वारा सात महिनामै द्वन्द्व विस्थापित १० हजार कंगोबासीको लागि आवास निर्माण

Author Image
बुधवार, पौष २९, २०७७

काठमाण्डौ – द्वन्द्व विस्थापित कंगोबासीको लागि नेपाली सेनाले छोटो समयमा व्यवस्थित वासस्थान निर्माण गरिदिएको छ । अमेरिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली शान्ति सेनाको इन्जिनियर गुल्मले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित आवास निर्माण गरेको जङ्गी अड्डाले जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुरोधमा २०२० को जुनदेखि काम सुरु गरेर सात महिनामै बुनियास्थित मुजिपेला क्षेत्रमा सात हेक्टर जमिनमा व्यवस्थित आवास निर्माण गरेको हो ।

यो भन्दा पहिले २०१९ मा पनि त्यही क्षेत्रमा संयुक्त राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले १० हजार विस्थापितको लागि आवास निर्माण गरेको थियो । नेपाली सेनाको यस कामको लागि संयुक्त राष्ट्रसंघको शान्ति सञ्चालन विभागका प्रमुख जेन पेरी ल्याक्रोइसले समेत प्रशंसा गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर