Aamsanchar

बैंकको एटीएम फुटाउने मन्सुरी पक्राउ

Author Image
बुधवार, पौष २९, २०७७

सुनसरी — धरान–१२ महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका छन् । मन्सुरीले आइतबार साँझ ७ बजेतिर एनआइसी एसियाको कार्यालय अगाडिको एटीएम मेसिन फुटाएर नगद झिक्न खोजेपनि नसकेपछि फरार रहेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार एटीएम फुटाएपनि नगद भने निकाल्न नसकेपछि उनी फरार रहेका थिए । बैंकको एटीएम भएको स्थानमा जडान गरेको सीसीटिभी क्यामेराको फुटेज हेरेर चोरीमा संलग्नको खोजी गर्दा धरान–१८स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्रबाट मन्सुरीलाई फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

मन्सुरी यसअघि गाउँमै पनि चोरी घटनामा पटकपटक पक्राउ परेका थिए । उनलाई मंगलबार नै चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर