Aamsanchar

‘विप्लव’ पछि दोस्रो बरियताका प्रकाण्ड प्रहरी अप्रेशनको क्रममा ‘मिस’, तेस्रो बरियताका धर्मेन्द्र सहित अन्य २ पक्राउ

Author Image
बुधवार, पौष २९, २०७७

काठमाडौं । विप्लव समुहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेता ललितपुरको दक्षिण भागमा रहेको सुराक प्रहरीले पाएको थियो । बुधवार सादा पोशाकका प्रहरी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताको रेकी गर्न दक्षिण ललितपुर पुगे । महानगरीय प्रहरी कार्यालयमा नेताको लोकेशन खुल्नासाथ अप्रेशन चलाउनेगरी अर्को टोली ‘स्ट्याण्डबाई’ राखिएको थियो ।

तर, रेकी गर्न गएकै टोलीको पञ्जामा परे धर्मेन्द्र बास्तोला । चारवटा मोटरसाईकलमा आएका थिए, विप्लव समुहका नेता कार्यकर्ता । प्रहरीले मोटरसाईलक राकेपछि दुईवटा मोटरसाईकलमा आएका नेता भागे । भाग्ने मध्येका एक नेता थिए, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ पछि दोस्रो बरियतामा रहेका प्रकाण्ड अप्रेशनको क्रममा ‘मिस’ भएर फुत्किएको अप्रेशनमा सहभागी एक प्रहरी अधिकारीले बताए । प्रकाण्डसँगै केन्द्रीय सदस्य चिरन पुन पनि प्रहरीको घेरा तोडेर भागेका छन् । प्रहरीले घेरा हालेर रोकेको दुईवटा मोटरसाईकलमा सवार मध्येका विद्यार्थी नेता अनिल शाही पनि भागेका छन् ।

तेस्रो बरियताका धर्मेन्द्र बास्तोला सहित अन्य दुईजनालाई पक्रेर प्रहरीले काठमाडौं ल्याएको छ । पुरानो मुद्दाको रेकर्ड भएको प्रहरी कार्यालयमा राखेर धर्मेन्द्रमाथि थप अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर ललितपुरका एक अधिकृतले  बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर