Aamsanchar

भद्रकालीमा बस दुर्घटना

Author Image
बिहिवार, माघ १, २०७७

काठमाडौँ । काठमाडौँको भद्रकालीमा बस दुर्घटना भएको छ । बिहीबार बिहान साढे ७ बजेतिर सकडमै बस पल्टिएको हो । बस पल्टिँदा ५ जना सवार उक्त बस दुर्घटनामा १ जना घाइते भएका छन् ।

भद्रकालीस्थित आकाशे पुल मुनी थानकोट चन्द्रागिरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस सडकमै पल्टिएको हो ट्राफिक प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको जनाएको छ । बस पल्टिदा यातायात सेवा केहीबेर प्रभावित भएको थियो । बस तेर्सो परेर पल्टिदा दुई लेन सडक नै ढाकेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर