Aamsanchar

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

Author Image
बिहिवार, माघ १, २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् । बैठक तीन दिनसम्म चल्ने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर