Aamsanchar

झापा सहित देशका विभिन्न क्षेत्रमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

Author Image
शुक्रवार, माघ २, २०७७

काठमाडौं : देशका विभिन्न क्षेत्रमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। काठमाडौं, झापा, सिरहा, कपिलवस्तु, नवलपरासी-पश्चिम) र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित सडकमा प्र.३-०२-००९ प ८४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री तार्केश्वर नगरपालिका-३ बस्ने १२ वर्षीय अमृत देवकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ओम समाज हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालक सहित २ जनाको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-४ बर्नेस्थित सडकमा मे.१ ज २०९३ नम्बरको सुमो गाडी र मे.७ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-४ बस्ने २१ वर्षीय कमल चौधरी र मोटरसाइकलमा सवार १८ वर्षीया हेमा महत रहेका छन्। दुर्घटनाको बीएण्डसी हस्पिटल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, सिरहाको धनगढिमाई नगरपालिका-११ सगरमाथा पेट्रोल पम्पनजिक सडकमा स.४ प २६६६ नम्बरको मोटरसाइकल र स.१ त ४९६५ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लहान नगरपालिका-२० मोतिपुर बस्ने ५५ वर्षीय साजन साहको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको श्रमजिवी अस्पताल हुँदै थप उपचारको लागि सप्तऋषि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरी,  कपिलवस्तुको  शिवराज नगरपालिका-१ चयनपुरस्थित सडकमा ना.५ ख ५०७५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय हाउ थारुको बिहीबार बेलुका घट्नास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, नवलपरासी(पश्चिम)को     रामग्राम नगरपालिका-१० मन्झरिया चोकमा सडकको साईडमा रोकी राखेको लु.२ ख २८९६ नम्बरको ईन्धन बोक्ने ट्याङकरमा लु.४८ प ६७६३  नम्बरको मोटरसाइकल बिहीबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक सरावल गाउँपालिका-५ बडसारे बस्ने २५ वर्षीय रमेश केवटको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवा मेडिकल कलेज रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै,  कञ्चनपुरको  कृष्णपुर नगरपालिका-५ स्थित सडकमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-००८ प ७१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा से.६ प ३१६७ नम्बरको मोटरसाइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-१३ गोदावरी बस्ने २५ वर्षीय आसिश जोशी र सु.प.प्र.०१-००८ प ७१५७ नम्बरको  मोटरसाइकल चालक कृष्णपुर-२ वाणी बस्ने ४० वर्षीय जनक बोहरा रहेका छन्। दुर्घटनामा घाइते भएका उनीहरको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

 दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर