Aamsanchar

आज काठमाण्डौका २१ ठाउँमा बिजुली नआउने

Author Image
शनिवार, माघ ३, २०७७

काठमाण्डौ- आज काठमाण्डौका २१ ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आज काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ । हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो । मर्मतका लागि बिजुली काट्नुपर्ने भएकाले यसलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले बताउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर