Aamsanchar

जलविद्युत आयोजनाको निर्माण सामाग्री बोकेको आइचर भीरबाट ३ सय मिटर तल खस्दा ३ जनाको मृत्यु

Author Image
सोमवार, माघ ५, २०७७

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार राती करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङले जानकारी दिए।

हेटौडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ। दुधकोशी सोलुखोला (८६ मेगावाट)जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर आएको उक्त आइचर भीरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट) मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट)दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने मार्ग भएपनि सल्यान तर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर