झापा । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित बुट्टाबारीबाट प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ परेका छन ।
बिषेश सुराकीको आधारमा आज सोमबार बिर्तामोड नगारपालिका ६ बस्ने वर्ष २० का सुनिल राई र सोही स्थानका वर्ष २३ का रुपेश गुरुङ पक्राउ परेका हुँन । उनिहरुको साथबाट प्रहरीले २ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामत गरेको जिल्ला प्रहरी कर्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
राई र गुरुङलाई ईलाका प्रहरी कार्यालय विर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो समय यता झापाका लागू पदार्थ ओसार पसार गर्ने गिरोहहरु विगविगी बनेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 315