चारआली जेसीजले सोमबार मेचीनगर नगरपालिका वडा नं १२ का दुई विध्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।
कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको सभापतित्व रहेको थियो ।
उपाध्यक्ष शिक्षा घिमिरेको संयोजकत्व रहेको कार्यक्रममा,कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्रालीका सेल्ल मेनेजर सेमन्त पोख्रेल ,कम्पनी मेनेजर रुसिल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
मेचिनगर १२ मा रहेको माउन्ट पोइट इङलिस स्कुल र युनिक इङलिस बोर्डिङ स्कुलमा सम्पन्न प्याड वितरण कार्यक्रमको औचित्यमाथी प्रकास पार्दै सेल्ल मेनेजर सेमन्त पोख्रेलले प्याडको प्रयोग गर्न अनिवार्य रहने र प्रयोग गर्दा एलर्जी नहुने, १२ घण्टा सम्म निरन्तर प्रयोग गर्न सकिने बताए ।
कार्यक्रम संयोजक घिमिरेले स्वागत गरेकोको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सुजुप सुवेदीले जेसीज आस्था वाचन गरेका थिए ।
संस्थापक अध्यक्ष बिष्णु रिमाल , निबर्तमान अध्यक्ष दिपेन्द्र निरौला , तालिम संयोजक हरिकृष्ण भण्डारी , कोषाध्यक्ष सन्जय निरौला , लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन महासचिव बिरबहादुर बेघाले गरेका थिए ।