Aamsanchar

पुर्व–पश्चिम राजमार्गको दुधेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जना गम्भिर घाईते

Author Image
बुधवार, माघ २१, २०७७

झापा- पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ मा यात्रुवाहक बस र मोटरसाईकल एक आपसमा ठोक्किँदा २ जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा सख्त घाईते भएका मोटरसाइकल चालक शिवसताक्षी ११ का ४१ बर्षिय पुर्ण कुमार कणरिया र पछाडि सवार सोहि ठाँउका २८ बर्षिय संखर तामाङको अहिले बिर्तामोडको बि एण्ड सि अस्पतालमा उपचार भईरहेको प्रहरी कार्यालय झापाका डि एस पि राकेश थापाले जानकारी दिनुभयो ।

पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाईकल साँझ ६ : ४० बजे दुधेको झर्ना पुल नजिक ठोक्किदा दुर्घटना भएको हो । बसका चालक मेचिनगर नगरपालिका बस्ने ५० बर्षिय मानबहादुर रसाईली इलाका प्रहरीकार्यालय झिलझिलेको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 370

प्रतिक्रिया (०)

सम्बन्धित खबर