Aamsanchar

आम हड्ताल सफल बनाउन प्रचण्ड पनि सडकमा

Author Image
बिहिवार, माघ २२, २०७७

काठमाडौं –आम हड्ताल सफल बनाउन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन्। सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए। उनले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन्।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्। नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन्। कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलगायत हितमान शाक्य र उपत्यकाका विभिन्न स्थानबाट ७५ भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर