Aamsanchar

बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच झडप

Author Image
बिहिवार, माघ २२, २०७७

विराटनगर । धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ । धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए । धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर