Aamsanchar

कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्चमा हालेको रिटमाथि आज सुनुवाई हुँदै

Author Image
बिहिवार, माघ २२, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदै छ। तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। २०७५ साल कात्तिक ९ गते आयोगले नेकपाको पक्षमा फैसला सुनायो।

त्यसपछि कट्टेलले २०७५ साल मंसिर २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेकपा फुटेर ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको बेला यो मुद्दा पेसीमा चढेको हो। निर्वाचन आयोगलाई विपक्षी बनाइ हालिएको रिटमा आज न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीका संयुक्त इजलासमा पेसी तोकिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर