Aamsanchar

उर्लाबारीका एक व्यक्ती तिन वटा मुद्धामा झापा जेल चलान

Author Image
बिहिवार, माघ २२, २०७७

झापा । मानव अपहरण तथा शरिर बन्धक, जबरजस्ती चोरी मुद्धाका फरार एक अभियुक्त झापा जेल चलाउन हुने भएका छन् ।

गत १४ गते मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३४ को सुसन भन्ने राजेश्वर लिम्बु मानव अपहरण तथा शरिर बन्धक, जबरजस्ती चोरी मुद्धामा जेल चलान हुने भएका हुन् ।

जाहेरवाला झापा बिर्तामोड नगरपालिका वडा नं. ६ बस्ने बर्ष २७ को बिशाल ढुङ्गेललाई बा १३ च ६५९७ नं.को गाडीमा चढाई भारतको नेपाल सिमा नाका पानीटंकीमा लगी मुखमा पट्टी बाँधी कुटपिट गरी ढुङ्गेल संग भएको ५ हजार र सामसुङ मोबाईल समेत खोसी हातखुट्टा बाधेर लडाई फरार बनेका लिम्बु विरुद्ध २०७२ साल पुष १५ गते पिडित ढुङ्गेलले ईलाका प्रहरी कार्यालय काकडभिट्टामा दिएको उजुरी निबेदनको आधारमा फरार रहेका राजेश्वर लिम्बुलाई खोज्ने क्रममा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङको समन्वयमा लिम्बुलाई यही  माघ १० गते पक्राउ गरि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेशले प्रतिबादीलाई तोकिएको सजाय भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
लिम्बुको कोरोना परिक्षण गरि नेगेटिभ रिर्पोट अए पछि जेल जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर