चारपाने । बिर्तामोड २ स्थित रामचोक सामुदायिक वनको अध्यक्ष राजु गौतम चयन भएका छन् ।
शनिबार सम्पन्न संस्थाको २४ औँ साधारणसभाले गौतमको नेतृत्वमा १२ सदस्यीय समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तारा भट्टराई, सचिव रुपा कोइराला सिग्देल, सहसचिव चन्द्र मिश्र र कोषाध्यक्षमा भगीरथ लुइँटेल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा दिलकुमारी लिम्बू, हेमन्त तिम्सिना, दिवस खनाल, सचिन अधिकारी, सन्तोष धौराली, राकेश राजवंशी र शंकर राजवंशी चयन भएका छन् ।
बिर्तामोड २ का निमित्त वडा अध्यक्ष उपेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका अध्यक्षता वनका अध्यक्ष श्यामकुमार पोखरेलले गरेका थिए । सचिव रमा गौतम खनालले सहजीकरण गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीदेवी भट्टराई गरेकी थिइन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 415