Aamsanchar

प्रदेश १ को प्रदेशसभा बैठक आज, राई पक्ष कुनै हालमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा

Author Image
आइतवार, माघ २५, २०७७

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । नेकपा दुई समुहमा विभाजित भएपछि प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बस्न लागेको प्रदेशसभा बैठक कसरी अघि बढ्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि नेकपा व्यवहारिक रुपमा दुई समूहमा विभाजित छ ।

यसैको असर स्वरुप नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समूहका ३७ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ७ माघमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । तर उक्त बैठक तीन मिनेट मात्र बसेर स्थगित गरिएको थियो ।

प्रदेश १ प्रदेशसभामा प्रधानमन्त्री केपी ओली समूहको नेतृत्व मुख्यमन्त्री शेरधन राईले गर्नुभएको छ भने प्रचण्ड समूहको नेतृत्व भीम आचार्यले गर्नुभएको छ । सभामुखले प्रदेशसभा बैठक डाकेपछि सशंकित बनेको मुख्यमन्त्री राई पक्ष कुनै हालमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा छ ।

नेकपाको विवादमा निर्णायक बनेको कांग्रेस भने अहिलेसम्म आफैँ अनिर्णित छ । कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन । प्रदेशसभाको बैठक जसरी अघि बढ्छ, सोहीअनुसार निर्णय लिने कांग्रेसले जनाएको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले अविश्वासको प्रस्ताव संसदमा टेबल भएपछि मात्रै निर्णय लिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर