Aamsanchar

पछिल्लो ९ महिनामा आगलागीका कारण ६० जनाले ज्यान गुमाए ,१६ सयभन्दा धेरै घटना

Author Image
आइतवार, माघ २५, २०७७

काठमाण्डौ-पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् । गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीका कारण यो अवधिमा ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् । चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवधिमा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर