Aamsanchar

चितवन निकुञ्जमा मरे हात्ती र गैँडा, एक बर्षमा गैडा मात्र २३ वटा मरिसके

Author Image
आइतवार, माघ २५, २०७७

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताए ।

चालु आव २०७७/७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताए ।

यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो ।

योसँगै चालु आव २०७७/७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर