Aamsanchar

झापड हिर्काएको निहुँमा खुकुरी प्रहार

Author Image
सोमवार, असोज २४, २०७३

मोरङ। 

khukuri

मोरङको केराबारीमा  भाइलाई झापड हिर्काएको निहुँमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।  खुकुरी प्रहारबाट केराबारी–६ का होमबहादुर घिमिरे गम्भीर घाइते भएका छन् ।

घिमिरेले सोही ठाउँका १७ वर्षीय तेजु गिरीलाई झापड हानेपछि विवाद सुरु हुँदा गिरीका दाजु राजु गिरीले घिमिरेमाथि खुकुरी प्रहार गरेका थिए ।

 गर्धनमा खुकुरी लागेका घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गिरी फरार रहेकाले खोजी भइरहेको इप्रका, केराबारीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)