Aamsanchar

निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाडौं – निर्वाचनको तयारीबारे छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। निर्वाचनको तयारी बारेमा आयोगसँग छलफल गर्नका लागि प्रधानमन्त्री ओली आएको निर्वाचन कार्यालयको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

ुप्रधानमन्त्री ओली आज निर्वाचनको तयारीबारे छलफल गर्नका लागि आउनुभएको छ। उहाँ आएपछि निर्वाचनको तयारी कसरी लैजाने भन्ने निर्णय हुन्छु उनले भने। छलफलका लागि प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु पुगेका छन्।

यस्तै, ओलीले पार्टीको विवादका बिषयमा पनि आयोग समक्ष कुरा गर्ने बताइएको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते १७ जिल्लामा चुनाव गराउने निर्णय गरेको छ। त्यसैकोबारेमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग पुगेका हुन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी बैशाखमा मध्यावधि निर्वाचनको मिति तय भएपछि नेकपा दुई भागमा विभाजन भएको छ। पार्टी विभाजन पछि दुबै पक्षले आफु नै आधिकारिक भएको दावी गर्दै आएका छन्। पार्टीको विवाद सम्बन्धि दुबै पक्षले आयोगमा निवेदन पनि दिएका थिए। तर ति निवेदन आयोगले खारेज गरिदिएको थियो।

त्यसपछि, आयोगले नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो। तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए । प्रचण्ड माधव समूहले पत्र लेखेर फर्किएको थियो भने ओली पक्षका नेताहरुले छलफल गरेका थिए। त्यसपछि पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर