Aamsanchar

चुनावका लागि आवश्यक कामलाई तीव्र पार्न प्रधानमन्त्रीको सुझाव

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराउनुभएको छ । मङ्गलवारको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादबारे छलफल नभएको पनि निर्वाचन आयोगले जनाएको छ ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो । त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ ।

नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर