Aamsanchar

सुनसरीमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

Author Image
शुक्रवार, माघ ३०, २०७७

सुनसरी । सुनसरी को धरान उपमहानगरपालिका–४ स्थित कोसी राजमार्गमा शुक्रबार बिहान भएको ट्रक दुर्घटनामा परेर सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा तत्काल ठेगाना खुल्न बाँकी रहेका ट्रकका सह–चालक ३० वर्षीय विशाल खड्काको घटनास्थलमै ज्यान गएको हो । ट्रकले च्यापेर मृत्यु भएको अवस्थामा शव बाहिर निकालिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका अनुसार दक्षिणतर्फ आइरहेको ना ६ ख ६५५१ नम्बरको ट्रक ब्रेक फेल भएर बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । ट्रक सडकबाट ५० मिटर तल खसेको थियो । ट्रकका चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय सुनिलकुमार भगतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर