Aamsanchar

ओलीको सभामा लगिएको बस भाडा नदिँदा पालिका अध्यक्ष द्वारा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्रै हातपातको प्रयास

Author Image
सोमवार, फागुन ३, २०७७

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद शाहलाई कार्यालय भित्रै हातपातको प्रयास गरी गाउँपालिका छाडेर जानु भन्दै धम्क्याएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि उनले प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका छाडेर जान धम्की दिँदै कार्यालय भित्रै दुर्व्यवहार गरेका हुन् ।

अध्यक्षको धम्की र मानसिक यातना पछि प्रमुख प्रशासकीय अधिकृत शाहले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी समक्ष उजुरी दिएका छन् । उजुरीमा शाहले आफुमाथी कार्यालय समय भित्रै अध्यक्षबाट दुव्र्यवहार भएको, मानसिक रुपमा पटक पटक यातना दिएको र काम गर्ने वातावरण नभएको उनले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार शाह समक्ष अध्यक्ष दुलालले ओली पक्षको सभामा लगिएको बस भाडा तिर्न र गाउँपालिकामा आयोजना भएको खेलकुद प्रतियोगिताका रेफ्रीलाई दैनिक ८ हजारका दरले भत्ता पाउने गरी पेश भएको भुक्तानीको कागजात अगाडी बढाउन दबाब दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत शाहले बसको गाडी भाडा वापतको रकम भुक्तानी गर्न कार्यालयमा चन्दा शिर्षक नभएको र रेफ्रीलाई दैनिक ८ हजार रुपैंया भत्ता दिन नियमले नमिल्ने भन्दै आनाकानी गरेका थिए । ‘करिब ८० हजार हाराहारीमा बस भाडाको प्रस्ताव र खेलकुद प्रतियोगिताको करिब २ लाख बराबरको बिल भर्पाई पेश भएकोमा हाकीम साप ले १ लाखको बिल नमिलेको भन्दै भुक्तानी दिन आनाकानी गर्नुभयो’ एक कर्मचारीले भने – ‘त्यस पछि उहाँहरु बिच द्वन्द बढ्दै जादा कार्यालय हाता भित्रै धम्की सहित दुव्र्यवहार सम्मको स्थिती बनेको हो’ ।

ती कर्मचारीका अनुसार अध्यक्ष दुलालले आफुलाई यस अघि समेत पटक–पटक मानसिक दबाब दिदै आएका कारण आफु सरुवा मागेर जाने मनस्थितीमा रहेको शाहले कर्मचारीलाई सुनाउने गरेका थिए ।

अनलाईन नेपालबाट साभार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर