Aamsanchar

कानुन अभावका कारण पुरुष करणी गर्नेहरुलाई छोड्न प्रहरी बाध्य

Author Image
मङ्गलवार, फागुन ४, २०७७

झापा । झापामा पुरुषमाथि अप्राकृतिक करणी गरेका पुरुष कानुन नहुँदा छुटेका छन् । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको थियो ।

मुलुकी अपराध संहितामा १८ वर्ष मुनिका बालकलाई अप्राकृतिक करणी भए मात्र कारबाही गर्न मिल्ने व्यवस्था भएकाले करणीमा संलग्न कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडु छुटेका हुन् । पक्राउ परेका उनीहरुलाई अदालतले म्याद थप गर्न नमानेपछि सामान्य सोधपुछ गरेर छोडिदिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर