Aamsanchar

छोरी बलत्कार भएर गर्भवती बने पछि नेपाल ल्याएर छोडेर भागे किशोरीका पिता

Author Image
मङ्गलवार, फागुन ४, २०७७

संकेतिक तस्वीर

मोरङ। विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् ।

बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । सोही दिन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि छाडेर उनी भागेको एबीसी नेपाल विराटनगरकी प्रमुख विष्णु शर्मा पन्तले जानकारी दिइन् ।

दिनभरि प्रशासन कार्यालय अगाडि रोएर बसेकी बालिकालाई प्रहरीले उद्दार गरी एबीसी नेपालको संरक्षणमा राखेको छ । एबीसीको संरक्षणमा रहेका बेला बिरामी परेकी उनको कोसी अस्पताल विराटनगरमा जाँच गराउदा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

‘छोरी गर्भवती रहेको थाहा पाएपछि बुबाले सानिमाको घर जाने भन्दै विराटनगर ल्याएर छाडेछन्’ पन्तले भनिन् ‘सडकमा रुँदै बसेका कारण बटुवाले खाना खानका लागि पैसा पनि दिएछन् । प्रहरीले उद्दार गरेपछि एबीसी नेपालमा राखिएको छ ।’

उनका अनुसार बालिकाको पेटमा २८ हप्ताको गर्भ छ । तर सानै उमेरमा गर्भ रहेका कारण बच्चा र आमाको दुवैको स्वास्थ्य अवस्था कमजोर छ । ‘खोजी गर्दा बुबा पत्ता लागेका छन् । तर बोलाउँदा लिन आएका छैनन्’ उनले भनिन् ‘प्रहरीको समन्वयमा भारतमा नै जिम्मा लगाउने तयारी छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 585

प्रतिक्रिया (०)

सम्बन्धित खबर