Aamsanchar

मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु

Author Image
शुक्रवार, फागुन ७, २०७७

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु४३प ६८१७ नम्बरको मोटरसाइकल राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनका लागि खनेको खाल्डोमा खसेको थियो । दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको मृत्यु भएको हो । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर