Aamsanchar

प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न चारजना विर्तामोडबाट पक्राउ

Author Image
शनिवार, फागुन ८, २०७७

 

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बाट प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न चार व्यक्तीहरु पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नँया बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा हिजो चेकजाँच गर्ने क्रममा ति व्यक्तीहरुलाई पक्राउन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा झापा मेचीनगर–१ बस्ने वर्ष २१ को बिजय आले मगर रहेका छन् । उनको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ, लागूऔषध बिक्रि बितरणमा प्रयोग हुने डिजिटल तराजु १ थान, मोबाईल १ थान बरामद गरिएकोे प्रहरीले जिल्ला प्रहरी झापाले जनाएको छ ।
सोही स्तानबाट मेचीनगर १ बस्ने मनोज तामाङ, देव आले मगर र भारत किसनगंज घर भई विर्तामोड–५ बस्ने अभि कुमारको साथबाट १ ग्राम ब्राउनसुगर र २ मोबाईल बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
नियन्त्रणमा लिईएका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर