Aamsanchar

थानकोटमा ट्रक दुर्घटना भएपछि हनि ट्रयापिङ लुटेराको पोल खुल्यो, ५ जना पक्राउ

Author Image
आइतवार, फागुन ९, २०७७

काठमाडौं । बाराबाट काठमाडौं आएको एउटा ट्रकमा लोडेड हर्लिक्स काठमाडौं आएपछि अनौठो तरिकाले लुटियो । ना.५ ख १८४५ नम्बरको ट्रकमा १६ टन हर्लिक्स थियो । चालकलाई बीच बाटोमा हनि ट्रयापिङमार्फत बेहोस बनाएर काठमाडौं ल्याइएको सो ट्रकको हर्लिक्स गुहेश्वरीमा अनलोड गरियो । त्यतिन्जेल लुटको सुराक कहिँ कतैबाट चुहिएन ।

पुस ४ मा काठमाडौंबाट फर्कंदै गर्दा थानकोटको चेक प्वाईन्ट पार गरेपछि ट्रक दुर्घटना भयो । सो ट्रक को नम्बर थियो, ना.५ ख १८४५ । दुर्घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी वृत थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले दुई महिनापछि हनि ट्रयापिङमार्फत भएको लुट पत्ता लगाउन सफल भएका छन् । लुटमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर