Aamsanchar

तेह्रथुममा श्रीमतीको हत्या गरि फरार बनेका शेर्पा झापाबाट पक्राउ

Author Image
मङ्गलवार, फागुन ११, २०७७

छथर । श्रीमतीको हत्या गरी फरार रहेका तेह्रथुम  छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ३ गते घरायशी बादबिबादको बिषयलाई लिएर झै–झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरेका थिए ।

हत्या गरेर फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन-९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर