Aamsanchar

औषधि व्यवस्था विभाग कार्यालय विराटनगरका फार्मेसी अधिकृत सुवेदी २ लाख घूससहित पक्राउ

Author Image
बिहिवार, फागुन १३, २०७७

विराटनगर । औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २ घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सुवेदीलाई घूससहित अख्तियारको टोलीले पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर