Aamsanchar

लोकन्त्रको गलत फाइदा उठाउदै भद्रपुर भन्सारमा लुटतन्त्र

Author Image
शनिवार, फागुन १५, २०७७

भद्रपुर । सरकारले सेवा सुविधा दिएर देशको हितका लागि काम गर्न खटाएका कर्मचारीहरुले देश र सरकारलाई नै उधो लगाउने काम गरेको कतिपय क्षेत्रबाट समाचारहरु आईरहेको वेला झापाको भद्रपुर भन्सारमा पनि कानुनी मान्यतालाई लत्याउदै चरम भ्रष्टचार भईरहेको समाचार बाहिरिएको छ ।

भद्रपुर  भद्रपुर भन्सार कार्यलयका कर्मचारीकाे मिलेमतोमा राजश्व चुहावट हुने गरेकाे खुलासा भएकाे छ । गत आईतबार भद्रपुर भन्सार कार्यलयबाट सामान चेकजाँच गरि राजश्व शुल्क बुझाएर भन्सार पास भएका तिन वटा गाडि प्रहरीले चेकजाँच गर्दा शुल्क बुझाएभन्दा बढि परिणामा सामान बरामद भएपछि भन्सारका कर्मचारीकाे कर्तुत बाहिरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यलय झापाले जनाए अनुससार भन्सारबाट व्यापारी र कर्मचारीकाे मिलेमतोमा राजश्व चुहावट भईरहेकाे छ भन्ने विशेष सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यलय भापाबाट खटिएको टाेलिले उक्त गाडिहरु नियन्त्रणमा लिएर चेकजाँच गर्दा मे १ ज २२१८, मे १ ज १८२१ र प्र-१-०१-००१-ज ३४७६ नम्बरका गाडि र एक व्यापारीलाई सहित माेवाईल फाेनमा प्रयाेग हुने टेम्पर ग्लास(सेफ्टी ग्लास) २सय ८६ काटुन, केजीमा ५१९९ र पिसमा४,२९२७२ बरामद गरेकाे थियाे ।

भन्सारको प्रज्ञापन पत्रमा झापाको महाबीर ट्रेडिङ् आयत कर्ता देखिएको छ । पत्रमा भन्सारका नायव सुव्वा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्यको हस्ताक्षर छ ।
प्रज्ञापन पत्रमा २ हजार ९ सय किलो उल्लेख भएपनि तीनवटा गाडिमा ५ हजार एक सय ९९ किलो तौल भएकोले पत्र अनुसार सामान नमिलेपछि छानविनका लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालय छानविन भईरहेकाे जिल्ला प्रहरी कार्यलय झापाका डिएसपी राकेश थापाले वताए ।

भद्रपुर भन्सार प्रमुख प्रमोद पौडेलले कर्मचारीको लापरबाही देखिएको  वताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर