विर्तामोड। विर्तामोड नगरपालिका–७ मा निर्मित ‘प्रदेश गौरव भिलेज’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
विपन्न आदिवासी समुदायका लागि निर्माण गरिएको ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन गरेका हुन् ।
‘प्रदेश गौरव भिलेज’मा ३७ वटा आवासगृह छन् ।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक विगाहा ३ कठ्ठा जग्गामा प्रदेश नम्बर १ को सरकार, विर्तामोड नगरपालिका, ह्याविटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाख रुपैयाँको लागतमा आवास निर्माण गरिएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 416