Aamsanchar

धमाधम हेलिकोप्टर थपिँदै

Author Image
शनिवार, असोज २९, २०७३

काठमाडौः

shree-airlines-58019b84b99023.87830295

आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीले धमाधम हेलिकोप्टर थप गर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकाशमा अल्टिच्युटन नामको नयाँ हेलिकोप्टर कम्पनी थपिएको छ ।

एभरेस्ट हेलिकोप्टर नामको कम्पनीले पनि सेवा सुरु गर्ने अन्तिम तयारी गरेको छ । एभरेस्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुईवटा एएस ३५० बी थ्रीनामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने कार्यक्रम बनाएको छ । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ ।

हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक प्रकारको हेलिकोप्टर सञ्चालन गरिहेको प्रभु हेलिकोप्टर्सले रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको छ । यसले सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । दसैंलाई लक्षित गरेर यो कम्पनीले नयाँ हेलिकोप्टर थपेको हो ।

हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई दृष्टिगत गरेर एउटा नयाँ हेलिकोप्टर थपेको छ । यो वायुसेवा कम्पनीले एयरबस हेलिकोप्टरको एएस ३५० बी थ्रीनामक हेलिकोप्टर थपेर दसैंदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुमन पाण्डेले बताए । उनका अनुसार आगामी एक वर्षभित्रै एयरलाइन्समा एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने योजना फिस्टेल ग्रुपको छ ।

फिस्टेल ग्रुपमा फिस्टेल एयरनामक हेलिकोप्टर र नियमित उडानको आन्तरिक वायुसेवा कम्पनी गोमा एयर छन् । पाण्डेका अनुसार फिस्टेलले आगामी एक वर्षभित्रै बेल कम्पनीका दुईवटा हेलिकोप्टर थप गर्ने भएको छ । गोमा एयरका लागि भने एउटा लेट ४१० जहाज आगामी जनावरीभित्र थप हुने भएको छ ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर