Aamsanchar

माओवादी केन्द्रद्वारा पनि झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना

Author Image
शुक्रवार, फागुन २८, २०७७

झापा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो । बिर्तामोड–१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै शुक्रवार जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको हो । पार्टी कार्यालय सञ्चालन साथै पार्टीको साइन बोर्ड राखेर पार्टी कार्यालय औपचारिक उद्घाटन गरिएको छ ।


कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको अखिल नेपाल ट्रेड युनियन प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य रेवतराज पुरी (गगन), ज्योतीसिंह दर्लामी, विद्यार्थी नेता, युवा, मजदुरलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन पूर्व झापा संयोजक मणिकुमार साम्पाङ (विजय) ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 469

प्रतिक्रिया (०)

सम्बन्धित खबर