Aamsanchar

झापाका १५० वटा बालविकासमा सेतो गुराँसले काम गर्ने

Author Image
शुक्रवार, फागुन २८, २०७७

बिर्तामोड । प्रारम्भिक बाल वाविकास केन्द्र कार्यक्रममा संलग्न रहेका बालवालिकाको सर्वाङीण विकास तथा सिकाई क्रियाकलावको प्रभावकारिताका लागि झापाको विर्तामोडमा शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको आयोजना र सेतो गुराँस झापा जिल्ला समितिको संयोजनमा झापाका सबै स्थानिय निकाय र सरोकारवालाहरु संग एक दिने परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा झापाकी अध्यक्ष कृष्णमाया रिजालको अध्यक्षतामा आयोजित कार्यक्रमा जिल्ला समनवयन समिति झापाका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यता रहेको थियो ।

बालबालिकाले स्वस्थ, पोषण युक्त खाना, उत्तरदाहित्व पूर्ण स्याहार, सुरक्षा तथा संरक्षण र प्रारम्भिक सिकाई जस्ता अधिकारबाट बञ्चित हुनुहुदैन त्यसका लागि सबै पक्ष जिममेवार बनेर बाल अधिकार सुनिस्चित हुने काममा लाग्नु पर्ने भन्दै एकीकृत प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकारको महत्व तथा नीतिगत व्यवस्थाको बारेमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाकी शशी वि.सीले संस्थागत धारणा राखेकी थिईन ।

नेपालको प्रारम्भिक बालविकास अध्ययनमा सहयोग परियोजना सम्बन्धी परिचय, उदेश्य, औचित्य, लक्षित वर्ग, अपेक्षित उपलब्धी, लक्षित क्षेत्र लगायतका विषयमा सेतो गुराँस प्रदेश नं.१ प्रारम्भिक बालविकास श्रोत व्यक्ती भीमा राईले सहभागीहरुलाई संस्थाको उदेस्य माथी प्रकास पारेकी थिईन ।

कार्यक्रममा सबै स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । स्थानि निकायहरुको प्रतिनिधित्व गर्दै विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले मन्तव्य रोखेका थिए ।

परिचयात्मक तथा अन्तरक्रियामा सेतो गुराँस झापाकी मधवी सिंह राजवंशीले स्वागत गरेकी थिईन भने कार्यक्रमको संचालन सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरकी कौशिला खरेलले गरेकी थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 482

प्रतिक्रिया (०)

सम्बन्धित खबर