Aamsanchar

रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

Author Image
शनिवार, फागुन २९, २०७७

हेटौंडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५/४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर