Aamsanchar

बाँकेमा जन्ती बोकेको बस दुर्घटना, ३७ जना घाइते,एकको अवस्था गम्भीर

Author Image
शनिवार, फागुन २९, २०७७

काठमाडौं-बाँकेमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। राप्ती सोनारी गाउँपालिका–३ बैसामा शुक्रबार राति ११ बजे बस दुर्घटना भएको हो। ना ३ ख ९७५९ नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार बस राप्ती सोनारी–३ खैरेनीबाट बेहुली लिएर दाङ देउखुरीको मौरीघाट जाँदै थियो।

दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारी गाउँपालिकाकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बेहुला र बेहुली भने अर्को गाडीमा रहेकाले उनीहरु सुरक्षित रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर