बिर्तामोड । झापाको विर्तामोडमा–२ स्थित रामचोक यूवा समुहको नेतृत्यमा भगिरथ लुईटेल चयन भएका छन् ।
शनिबार आयोजित समुहको चौंथौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट दुई बर्षे कार्यकालका लागि लुईटेलको अध्यक्षमा सर्वसम्वत नयाँ समिति चयन गरिएको हो ।
समुहका निवर्तमान अध्यक्ष लेखनाथ खनालको अध्यक्षता, वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनबाट उपाध्यक्षमा राम तिम्सिना, सचिव चन्द्रमणी मिश्र, सहसचिव गीतादेवी भट्टराई र कोषाध्यषमा पवन गौतमलाई चयन गरिएको छ । त्सैगरी सदस्यहरुमा भवानी भण्डारी, पंकज सिग्देल, बिक्रम वाग्ले, तुलसी उप्रेती, दिलकुमारी लिम्बु, अनुपा खड्का, ख्यामनाथ खनाल, राम ओझा, पुण्यशिला मिश्र र पदम भट्टराई चयन भएका छन् ।
यूवाहरुलाई सामाजिक कार्यक्रमा क्रियाशिल बनाउने उदेश्यले गठन गरिएको रामचोक यूवा समुहले यस अघि हरेक बर्ष सामुहिक वृहत दुर्गापूजा, रक्तदान, खेलकूद लगायतका समाजिक गतिविधीमा सक्रियता जनाउदै आएको छ ।
२०७३ सालमा स्थापना भएको समुहमा हाल ८६ जना यूवाहरु सुूहमा आवद्ध रहेका छन् ।
कार्यक्रममा स्थानिय समाजसेवीहरु भोला धिताल, कमल मिश्र, छविलाल खतिवडा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन रामचोक यूवा समुहका राजु गौतमले गरेका थिए ।