Aamsanchar

सरकारले सबै स्थानीय तहमा कालोपत्रे सडक विस्तार गर्ने, प्रधानमन्त्रीले एकैचोटी उद्घाटन गर्दै

Author Image
आइतवार, चैत १, २०७७

काठमाडौं – देशका सबै स्थानीय तहमा सरकारले जतिसक्दो छिटो कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारबाट यससम्बन्धी कार्यक्रम उद्‌घाटन गर्दैछन्‌। देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्‍याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लागेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए।

मन्त्री ठगुन्नाका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर हुनेछ। हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने उनले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर