Aamsanchar

स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको प्रधानमन्त्रीद्वारा शुभारम्भ

Author Image
आइतवार, चैत १, २०७७

काठमाडौं – सरकारले २ सय १० स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माणको शुभारम्भ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल कार्यक्रममार्फत एकैपटक २ सय १० वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण शुभारम्भ गरेका हुन्।

सरकारले गेमचेन्जर आयोजनाको सूचीमा यो आयोजनालाई समावेश गरेको थियो। चालु आर्थिक वर्षमा यो आयोजनाका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो आयोजना कार्यान्वयन निम्ति मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणमा संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन्।

यसैगरी, १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाइ भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन्। २० किलोमिटरभन्दा लामा सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश वा स्थानीय तह जसले बनाए पनि पक्की र सुरक्षित सडक बनाउनुपर्ने बताए। उनले सडक निर्माणमा प्राविधिक त्रुटि धेरै हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै दुर्घटना नहुने गरी सडक बनाउनुपर्नेमा जोड दिए।’बाटो आफैंमा सुरक्षित हुनु पर्‍यो, बाटोको प्रयोगकर्ता पनि सुरक्षित हुनुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर