मेचीनगर । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा प्रेस क्लव मेचीनगरको कार्यालय स्थापना भएको छ । आईतबार प्रदेश नं. १ का सांसद श्रीप्रसाद मैनालीले कार्यलयको उद्घाटन गरेका थिए ।
मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको प्रेस क्लब तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीच एकीकरण भएको थियो ।
कार्यालय उद्घाटन कार्यक्रमकै अबसरमा प्रेस क्लव मेचीनगरबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्ने ६ जना पत्रकारलाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।
सदस्यता प्राप्त गर्नेहरुमा प्रेस क्लव मेचीनगरका उपाध्यक्ष शिशिर चौलागाईं, सचिव जिआर धिताल, कोषाध्यक्ष रीता दाहाल, सदस्य हेमन्त निरौला र साधारण सदस्य अञ्जन मिश्र रहेका छन् ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहाल, रोटरी ब्लव काँकडभिट्टाका अध्यक्ष नवराज खनिया, पत्रकार मोहनकाजी न्यौपाने, प्रेस क्लव मेचीनगर पूर्व अध्यक्ष मुक्ती पौडेल, ज्ञानेन्द्र निरौला, संस्थापक अध्यक्ष सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र वडा नं.६ का वडाध्यक्ष ललित तामाङले मन्तव्य राखेको थिए ।
कार्यक्रममा स्वागत उपाध्यक्ष शिशिर चौलागाईं र कार्यक्रमको संचालन सचिव जिआर धितालले गरेका थिए ।