Aamsanchar

प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज बस्दै

Author Image
सोमवार, चैत २, २०७७

काठमाडौँ — प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक आज सोमबार बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त विघटन सर्वोच्च अदालतले बदर गरी फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।

पुनस्स्थापनापछि पहिलोपटक फागुन २३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । २६ गते दोस्रोपटक प्रतिनिधिसभा बैठक बसेको थियो । दुवै बैठकका कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक बसेको थिएन । सत्तारूढ दलभित्रको विवादका कारण कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

आजको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपालगायत दलका प्रतिनिधि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 506

प्रतिक्रिया (०)

सम्बन्धित खबर