Aamsanchar

४० वर्षदेखि भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसादको मुद्दामा सुनुवाइ सकियो, के भन्यो अदालतले ?

Author Image
सोमवार, चैत २, २०७७

काठमाडौं –भारतीय जेलमा ४० वर्षदेखि बसेका इलामका दुर्गाप्रसाद तिम्सिना(दीपक जैसी) को मुद्दामा सोमबार सुनुवाइ भएको छ । तर, उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले कुनै आदेश दिएनन् । उच्च अदालतका वकिल हिरक सिन्हाले टेलिफोन कुराकानी गर्दै दुई वा तीन दिनपछि आदेश दिने भनिएको बताए । उनले भने, ‘उहाँहरुले केही कुरा रिजर्भ राख्नु भएको छ, चाँडै निर्णय आउँछ ।’

कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी सतिश थापाका अनुसार अदालतका मुख्य न्यायाधीशले कारागारमा रहेका मानसिक समस्या भएका कैदीबन्दीहरुका लागि महत्वपूर्ण फैसला गर्ने भनेका छन् । अदालतले एसएसए र उच्च अदालत प्रशासनले दिएको कागज पत्रहरुले दुर्गाप्रसादको दिमागी हालत ९/१० वर्षको बच्चा जस्तो देखिएको उल्लेख गरेको छ । अदालतले भनेको छ, ‘सन् १९८०/०५/१२ मा पक्राउ परेका ती व्यक्तिले यसअघि नै ४० वर्ष हिरासतमा बिताइसकेका छन् । यदि आरोप एउटा मात्र थियो र आजीवन कारावासको सजाय सुनाइएको भए पनि त्यो पूरा भइसकेको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर