Aamsanchar

राष्ट्रपतिले बोलाईन् सर्वदलीय बैठक

Author Image
सोमवार, चैत २, २०७७

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन्। मंगलबार दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाकार टीका ढकालले जानकारी दिए।

ढकालका अनुसार संसदमा प्रतिनिधित्व रहेका सबै दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा आमन्त्रण गरिएको छ। छलफलका बिषय भने खुलाइएको छैन। यद्दपि दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको आंकलन गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर