Aamsanchar

धनकुटामा ४ सय १० केजी गाँजा प्रहरीद्वारा जलाएर नष्ट

Author Image
बुधवार, चैत ४, २०७७

धनकुटा – जिल्ला प्रहरी कार्यालय धनकुटाले अबैध रुपमा बरामद भएको गाँजा नष्ट गरेको छ। धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ चोच्चे र भञ्ज्याङबाट बेवारिसे अवस्थामा बरामद गरिएको ४ सय १० केजी गाँजा नष्ट गरेको हो। प्रहरीले गत माघ १५ गते सहिदभूमि गाउँपालिका वडा नं.१ चोच्चेस्थित धरापडाँडाको जंगलबाट ३ सय केजी र गत माघ २५ देखि २९ गतेसम्म सहिदभूमि गाउँपालिका वडा नं. १ कै भञ्ज्याङको जंगलबाट १ सय १० केजी गाँजा काटेर सुकाएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

बरामद गाँजा बुधबार जिल्ला प्रहरी कार्यालयमा जलाएर नष्ट गरिएको हो। धनकुटाको सहिदभूमि गाउँपालिकामा अवैध रुपमा गाँजा खेती हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोली सो गाँजा बरामद गरेको एसपी अधिकारीको भनाइ छ। यसअघि प्रहरीले लागुऔषध नियन्त्रणसम्बन्धी विशेष अभियानअन्तर्गत सहिदभूमि गाउँपालिका सहित जिल्लाका विभिन्न स्थानमा रोपिएको गाँजा नष्ट गरेको थियो।

यसअघि प्रहरीले जिल्लाका विभिन्न स्थानमा गाँजा रहेको पाइएपछि गाँजा फडानी अभियान थालेको थियो। यो सिजनमा फाटफुट गाँजा देखिएपछि सुरक्षा निकायका लागि चुनौतीजस्तो भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाले मातहतका प्रहरी इकाइहरूलाई गाँजा फडानीका लागि कडाइ गरेको एसपी अधिकारीले बताए।

‘जिल्लाका सबै इकाइहरूमा परिपत्र गरिसकेका छौँ,’ प्रहरी उपरिक्षक अधिकारीले भने, ‘स्थानीयले खेती नै गरेको पाइएको छ, फडानीको समयमा प्रहरी पुगेपछि स्थानीय गाउँ नै छोडेर भाग्ने गरेका छन त्यसकारण कसैलाई पक्राउ गर्न सकिएको छैन।’ खेतबारीमा गाँजा खेती नै गरेको भेटिए पनि कानुनी कारबाही गर्न नसकिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर