Aamsanchar

सरकारले कांग्रेस नेता तथा पूर्वमन्त्री जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने

Author Image
शुक्रवार, चैत ६, २०७७

काठमाण्डौ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भीक अस्पतालमा पुगेर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए । उपप्रधानमन्त्री पोखरेललाई नर्भीक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा अपडेट गराएका थिए ।

गत फागुन १४ गते मष्तिष्कघात भई नर्भीक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ । जोशीको अहिलेको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर