Aamsanchar

हिमाली जिल्ला सोलुखुम्बुमा १ महिनामै २ मोटरेवल पुल निर्माण,स्थानीय दंग

Author Image
शनिवार, चैत ७, २०७७

सोलुखुम्बु – विकास निर्माणका कार्य समयमै सम्पन्न नहुने समाचार बारम्बार प्रशारण, प्रकाशन भइरहेको समयमा हिमाली जिल्ला सोलुखुम्बुमा भने दुईवटा मोटरेवल पुल निर्माण गर्न एक महिना पनि लागेन। सोलुदुधकुण्ड नगरपालिका २ बेनीमा पक्की पुलको शिलन्यास गरेको २८ दिनमै उद्घाटनसमेत गरिएको छ।

निर्माण अवधि सकिएको वर्षौं वर्षसम्म पनि काम लथालिङ्ग भएको खबर सुनेका सोलुबासीले एक महिनामै पुल निर्माण भएको देख्दा दंग परेका छन्। बेनी हाइड्रोपावरद्धारा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर–२ जुनबेशी हुँदै बग्ने इडिङबासा र मिन्जुङ खोलामा निर्माण गरिएको पुलको विहिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हाइड्रोपावर प्रोजेक्टका जनसम्पर्क अधिकृत फदोर्जी शेर्पाले बताए।

इडिङबासा खोलामा रु.६८ लाख ३६ हजार २३७ को लागतमा १३ मिटर लम्बाइ र ५ मिटर चौडाइको पुल निर्माण गरिएको कम्पनीले जनाएको छ। यस्तै, मिन्जुङ खोलामा रु.११ लाख ९९ हजार १ सय ५८ मा ३ मिटर लम्बाई ४.६ मिटर चौडाईको निर्माण गरिएको बताइएको छ। उक्त पुलको क्षमता ३० टन रहेको निर्माण कम्पनीले जनाएको छ। नवनिर्मित पुलको उद्घाटन सेरलो गुम्बाका प्रमुख लामा परमपुज्य धर्मगुरु पेमा थार्चेन रेम्पोच्छेले गरेका हुन्।

हिमालय बौद्ध विद्यापीठ सेर्लोले आयोजना गरेको उक्त कार्यक्रममा सयौ स्थानीयको उपस्थिति रहेको थियो। बेनी हाइड्रोपावर कम्पनीले सामाजिक उत्तरदायित्व शिर्षकको बजेटबाट निर्माण गरेको पुल गुणस्तरीय भएको स्थानीयको प्रतिक्रिया छ। छोटो समयमा गुणस्तरीय काम हुनु स्थानीयको लागि खुसीको कुरा रहेको उनीहरुको भनाई छ।

सामाजिक उत्तरदायित्वको बजेट कम भए पनि स्थानीयको माग अनुसार आफूहरुले काम गरिहेको बेनी हाइड्रोपावरले जनाएको छ। पुल, सडक र विजुली बत्तिको क्षेत्रमा आफुहरुले काम गरेको कम्पनीका अधिकृत शेर्पाको भनाई छ। सोलु खोलामा निर्माणाधीन बेनी हाईड्रोपावर १८ मेगावाटको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर