Aamsanchar

झापामा तास खेलिरहेका ५ जना प्रहरीको नियन्त्रणमा, साढे ३ लाख बरामद

Author Image
सोमवार, चैत १६, २०७७

झापा – दमक नगरपालिका–१ हल्दार चोकबाट तास खेलिरहेका अवस्थामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेनम राईको घरमा आइतबार राति तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय सबिन राईसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय दमकको टोलीले उनीहरुको साथबाट तीन लाख ४० हजार ५०० रुपैयाँ, आठ थान मोबाइल बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर