Aamsanchar

झापा : १३ महिनाको अवधिमा सवारी दुर्घटनामा ८२ जनाको मृत्यु, ३ सय ८ सख्त घाइते

Author Image
मङ्गलवार, चैत १७, २०७७

झापा – झापामा १३ महिनाको अवधिमा सवारी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ । गत वर्षको फागुनदेखि यस वर्षको फागुन मसान्तसम्म सात सय ५८ सवारी दुर्घटनामा ७४ जना पुरुष र ८ जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ती दुर्घटनामा दुई सय ५३ पुरुष र ५५ महिला गरी ३०८ जना सख्त घाइते भएको कार्यालयले जनाएको छ । ५०८ स्थानमा भएको दुर्घटनाबाट तीन सय ९६ जना पुरुष र ९४ जना महिला सामान्य घाइते भएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छ । सो अवधिमा चार सय ६५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै बस २६, ट्रक ४६, जिप तथा कार ६९, ट्रयाक्टर ३६, टेम्पो ३७, ठेला रिक्सा लगायत शारीरिक श्रमबाट चलाइने साधन ७१ र अन्य आठवटा छन् ।

सबैभन्दा बढी दुर्घटना पुस महिनामा भएको छ । गत पुसमा एक सय ६४ वटा सवारी साधन दुर्घटनामा परेका छन् । सडक साँघुरो र खराब हुनु, चालकले चरम लापरवाही गर्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, रातको समयमा लाइट डिम नगर्नु आदि दुर्घटनाको मुख्य कारण भएको कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

समय समयमा सवारी जाँच नगराउनु, चालकको व्यवहारिक तनाव पनि दुर्घटना गराउने कारण भएको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समय समयमा जनचेतनामुलक कार्यक्रम, विद्यालयमा प्रशिक्षण गराउनुका साथै ट्राफिक चिन्हको बारेमा जानकारी गराउँदै आएको खड्काको भनाइ छ । कार्यालयले अत्यधिक दुर्घटना हुने स्थानहरुमा बोर्ड राख्ने, सवारी नियम उल्लंघन गर्ने चालकलाई जरिवाना गर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर